ठगीकाे आरोपमा सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ



काठमाडौँ । सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसहीत अन्यलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् ।

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेन्चुरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैङ्कबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप उनीहरूमाथि छ ।

उनीहरूले सेन्चुरी बैङ्कमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो । हाल सेन्चुरी बैङ्क प्रभु बैङ्कमा गाभिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्