नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो



बस त्रिशूलीमा खस्यो

काठमाडौँ । नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रवार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुवाहक बस त्रिशूलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशूलीमा खसेको हो । स्पिडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ

दुर्घटनामा केही यात्रु घाइते भए पनि दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्