त्रिशूली बस दुर्घटना अपडेट : २० जना घाइते, पाँचको अवस्था गम्भीर



काठमाडौँ । नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीको किनारमा खसेको छ । चितवनको फिस्लिङ बजारनजिक​ बस दुर्घटना भएको हो । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएर नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस शुक्रवार बिहान साढे ७ बजेतिर त्रिशुली किनारमा खसेको हो ।

दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । ​स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुली किनारमा खसेको  हो ।

प्रतिक्रिया दिनुहोस्