दक्षिण अफ्रिका विरुद्ध नेपाल फिल्डिङ गर्दै, दीपेन्द्रले लिए पहिलो विकेट



काठमाडौँ । नेपालले दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणमा टस जितेर फिल्डिङ गरिरहेको छ । सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दै छ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे ९नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे० आर्नस भेल स्टेडियममा सुरु  भएको हो ।

नेपालका लागि ज्ञ।४ ओभर बलिङमा गर्दै दीपेन्द्र सिंह ऐरीले पहिला विकेट लिएका छन् ।

दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै छ । यसअघिका सबै ३ खेल जित्दै ६ अङ्कका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।

अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बङ्गलादेश ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अङ्क छ ।

अमेरिकाको फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि नेपाल र श्रीलङ्काले समान १ अङ्क बाढेका थिए । नेपाल र श्रीलङ्काले यो विश्व कपमा जोडेको त्यो पहिलो अङ्क हो । त्यो खेल रद्दसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट आइपुग्दा स्पिनर सन्दीप लामिछाने थपिनुले नेपाली टोलीको मनोबल पक्कै केही बढेको भने छ । सन्दीप ७ महिनापछि राष्ट्रिय टोलीमा फर्केका हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको खण्डमा टि ट्वान्टी आईमा उनको विकेट संख्या एक सय पुग्नेछ ।

नेपाली टोली
कुशल भुर्तेल, अशिफ खेस ९विकेट किपर०, अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहोरा

प्रतिक्रिया दिनुहोस्