राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्युरोको ‘मधेशी-पहाडी एकता सभा’



andonalln

लालबन्दी, सर्लाही । । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्युरोको आयोजना र संविधानसभा सदस्य तथा पूर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा ‘मधेशी-पहाडी एकता सभा ‘ कार्यक्रम गरिएको छ ।

No description available.

लालबन्दीको खेल मैदानबाट सुरु भएको र्‍याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको हो । स्थानीय युवा नेता जिगमेला बमजनले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्व उप्रधानमन्त्री राजेन्द्र महतोले मधेश आन्दोलन ताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनि गलत भास्य निर्माण गरेको बताए। त्यही भास्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा  पुरा गराउन मधेशी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको बताए। महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले आफूहरूलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए ।

अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरू अहिलेसम्म छुट्टाछुट्टै सङ्घर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए। त्यस कारण आदिवासी जनजाति , मधेशी, उत्पीडित खस आर्य सबै मिलि सङ्घर्ष  गर्नुको  विकल्प नरहेको बताए । मधेशमा तराई, पहाड, हिमाल सबै भुगोलका बासिहरूँ बस्ने भएकोले आपसी सदभाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने बताए।

No description available.

  कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी,राजिव झा, बुद्धछिरिङ मोक्तान , जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान , हुसेन खान, बिनोद साह, जिवन तामाङ, राजेश यादव लगायतका नेताहरूले सम्बोधन गर्नु भएको छ।

No description available.

प्रतिक्रिया दिनुहोस्