रोहितसँग झगडा गर्ने बङ्गलादेशी बलर सकिबलाई आइसीसी गर्‍यो कारबाही



काठमाडौँ । टी–२० विश्वकपमा नेपाल र बङ्गलादेश विरुद्धको म्याचमा झगडा गर्न खोज्ने बङ्गलादेशी खेलाडीलाई आइसीसीले कारबाही गरेको छ ।

फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारबाही गरेको हो ।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए ।

उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो ।

तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइँदैन ।

तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेको देखिएको थियो । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्