भारतीय राजदूतावाससँगको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव



काठमाडौँ । भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना सम्पन्न गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा मिति २०८१ असार ६ गते भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गरेको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय ९थिम० ‘स्वयम् र समाजका लागि योग’ रहेको छ ।   यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय (थिम) ‘स्वयम् र समाजका लागि योग’ रहेको छ ।

Image

 लुम्बिनीका माननीय मुख्यमन्त्री जोख बहादुर महरा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । उनले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए। उनले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताए ।

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९०० जना भन्दा बढी योगमा अभिरुचि राख्नेहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए । उनले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रूपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताए । राजदूतले भारतीय राजदूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि बताए ।

यो कार्यक्रम भारतीय राजदूतावासले १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउन नेपालका विभिन्न सहरमा आयोजना गरेको कार्यक्रमहरूको श्रृङ्खलाकै एक हिस्सा रहेको थियो ।

भारतीय राजदूतावासले १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रङ्गशालामा भोलि निकै ठुलो योग प्रदर्शनको आयोजना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्