बुटवलको डेल्टा मार्टमा आगलागी



काठमाडौँ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । बिहीबार साँझ साढे ६ बजेतिर आगो लागि भएको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

डेल्टा मार्टमा स्टेशनरी सामग्री, कपडा, स्कुल कलेजका तयारी पोसाक, जुत्ता र खेलकुदका सामानको थोक र फुटकर बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्