साउदी अरबको मक्कामा ९० भारतीय नागरिकको मृत्यु



साउदी अरबको मक्का

काठमाडौँ । साउदी अरबको मक्कामा हज तीर्थयात्रीको मृत्यु हुनेको सङ्ख्या ६ सय नाघेको छ । मृत्यु हुनेमा ९० भारतीय नागरिक पनि रहेका छन् ।

 मृत्यु हुनेमा सबैभन्दा बढी इजिप्टका तीर्थयात्री रहेका छन् । मक्कामा इजिप्टका ३ सय र जोर्डनका ६० भन्दा बढी हज यात्रीको मृत्यु भएको छ । मृत्युको कारण गर्मी रहेको बताइएको छ । यहाँको तापक्रम ५२ डिग्री पुगेपछि यस्तो अवस्था आएको हो । तर, दर्ता नगरी हजयात्री आउनु पनि अवस्था बिग्रनुको प्रमुख कारण रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्