सुनको मूल्य तोलामा एकै दिन एक हजार ९ सय रुपैयाँले बढ्यो



काठमाडौँ । सुनको मूल्य आज नेपाली बजारमा तोलामा एक हजार ९ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्