पुराना दलहरूसँगको लसपस ररिरहे रास्वपा पनि हराउँछ : भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले पुराना दलहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि धेरै लामो समयसम्म पनि नरहने बताएका छन् ।

शुक्रवार रास्वपा स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा बोल्दै भट्टराईले पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्ने सुझाव दिए ।

उनले भने, ‘वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनका लागि रणनीति बनाउनुपर्छ । यसै गरी पुराना शक्तिहरूसँग बढी नै लसपस गर्न थालियो भने त्यसले नोक्सान गर्ने र हराउने खतरा हुन्छ ।’

भट्टराईले रास्वपाको दुई वर्षे उमेरमा गरेको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘राम्रो प्रगति गरिरहनुभएको छ । अझै प्रगति गर्नुस् । खाली एउटै सुझाव छ९ अब पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्