दीपेन्द्र गल्फ जायन्ट्सको यस पटकको पूर्ण सिजनमा आबद्ध



काठमाडौँ । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई आइएलटी२० टोली गल्फ जायन्ट्सले आगामी सिजनका लागि निरन्तरता दिएको छ । गत सिजन अन्तिम केही खेलमा टिममा रहेका स्टार अलराउन्डर दीपेन्द्रलाई यस पटक पूर्ण सिजनका लागि राखिएको शुक्रवार घोषणा गरिएको हो।

दीपेन्द्रले फेब्रुअरीमा युएई गएका थिए र नामिबियासँगको लिग९२ को पहिलो खेल गुमाएका थिए । तर उनले गएको सिजन कुनै खेल पनि खेलेका थिएनन् ।

आइएलटि२० मा गल्फ जायन्टसमा फाइनलमा पुग्न असफल रहेको थियो । जायन्टसले दुबई क्यापिटल्ससँगको दोस्रो क्वालिफायरमा ९ विकेटको हार बेहोरेको थियो ।

दिपेन्द्रसँगै, जायन्ट्सले युएईका युवा अलराउण्डर आयान अफजल खान, जिम्बाब्वेका तीब्र गतिका बलर ब्लेसिङ मुजारबानी, इङ्ग्लिस खेलाडीहरु क्रिस जोर्डन, जेमी ओभरटन, रेहान अहमद, रिचर्ड ग्लेसन जेम्स भिन्सका, जोर्डन कक्स र जेमी स्मिथ, नामिबियाका कप्तान गेरासमुस र वेस्ट इन्डिजका शिमरोन हेटमायरलाई रिटेन गरेको छ ।

आइएलटी२० को तेस्रो सिजन २०२५ जनवरी ११ देखि ९ फेब्रुअरी सम्म अबुधाबी, दुबई र शारजाहमा खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्