श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान



काठमाडौँ । श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन (एन)एओएम को ८० सिटे विमान थपेको हो ।

उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो ।

श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रवार राति  १ बजे उक्त विमान काठमाडौँमा ल्याण्ड गरेका हो ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००/७०० तथा क्यु ४००- गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्