जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई देउवाको आग्रह



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

नवलपरासीको परासीमा शनिवार पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा सभापति देउवाले चुनावमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गर्न निर्देशन दिए । ‘सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्नुस्’, देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्