भारतसँग बङ्गलादेश ५० रनले पराजित



काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ को सुपर आठ चरणको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले पराजित गरेको छ । हार्दिक पाण्डेयाको अर्धशतकपछि नाडी स्पिनर कुलदीप यादवको बलियो प्रदर्शनले भारतले शानदार जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको भारतले मात्र पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जवाफमा बङ्गलादेशले २० ओभरमा आठ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो । भारतले अविजित यात्रा कायम राख्दै जारी विश्वकपमा लगातार पाँचौँ खेल जित्यो। भारतीय टोलीले सुपर एट चरणमा लगातार दुई खेल जितेर सेमिफाइनलमा पुग्ने दाबी बलियो बनाएको छ । टोलीले अब यस चरणको अन्तिम खेलमा जुन २४ मा अष्ट्रेलियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्