सीआईबी गिरिबन्धु टी इस्टेटको उजुरी पर्खेर  बसिरहेको छ : गृहमन्त्री



रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गिरिबन्धु टी इस्टेटको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उजुरी पर्खेर बसिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै पनि काण्डको फाइल खोल्न आफू नडराउने बताए ।

उनले भने, ‘नेपाल प्रहरीलाई र नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई गिरिबन्धु टी इस्टेटको बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टी इस्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ ।’

सोमबार गृहमन्त्री लामिछानेले कुनै पनि बेलादेखि भएका घटनाहरूको बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको बताए ।

‘उनले भने, कुनै पनि काण्डका विषयमा डराउनुपर्ने नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन, मेरो शीरमा छैन ।’

प्रतिक्रिया दिनुहोस्