बङ्गलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिर



काठमाडौं। अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।  मङ्गलवार बिहान सम्पन्न खेलमा बङ्गलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

अफगानिस्तानले दुई खेलबाट चार अङ्क जोड्यो। पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो। दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो। योसँगै अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्