बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने  एमालेको चेतावनी



काठमाडौँ । गण्डकी प्रदेश सभामा नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने बताएका छन् ।  मङ्गलवार प्रदेशसभामा भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले बजेटको वार्षिक विकास कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिएका हुन् ।

सरकारले मनपरी बजेट पारेको भन्दै सांसद पाठकले कार्यक्रम नसच्याए च्यात्ने मात्रै होइन, धुजा धुजा पारेर आगो नै लगाउने चेतावनी दिएका हुन् ।उनले भने, ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो ।’

सरकारले वितरणमुखी बजेट ल्याएको पाठकको भनाइ छ । बजेटमा स्वार्थै स्वार्थ लुकेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको अनुहार छ्वाङै देखिएको पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्