
काठमाडौं : बुधबार बिहान देशका धेरै ठाउँमा हुस्सु लागेको छ । हुस्सुका कारण काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिविलिटि १५ सय मिटरमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
भिजिविलिटि कम हुँदा अन्तराष्ट्रिय उडान प्रभावित हुनेछन् । अन्तराष्ट्रिय उडानको लागि कम्तीमा ३ हजार मिटरसम्मको दृश्य देखिनुपर्ने हुन्छ । घाम लाग्दै गएपछि भिजिविलिटि बढ्दै जाने मौसमविद्ले बताएका छन् ।
यस्तै अहिले पूर्वी क्षेत्रको मौसम आशिंक बदली भएको छ । बुधबार पूर्वको मौसम एकैछिन बदली हुँदै खुल्ने मौसमविद् वरुण पौडेलको अनुमान छ । उनकाअनुसार अरु ठाउँको मौसम भने सफा रहने छ ।