काठमाडौ : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७४/७५ को तीन महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी एक हजार पाँच सय ६ उजुरी परेका छन् । झुटो शैक्षिक योग्यता प्रयोग गरेर लाभको पदमा रहेकाविरुद्ध उजुरी छानबिन गरी चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विशेष अदालतमा ३० वटा मुद्दा दर्ता गरेको आयोगको उपसिचव मदन कोइरालाले जानकारी दिए ।
‘शिक्षक धेरै छन्, केही प्राध्यापकको पनि प्रमाणपत्र नक्कली भएको उजुरी परेको छ’, उनले भने, ‘दोस्रोमा प्रहरीको उजुरी धेरै छ ।’ उजुरी हेर्दा धेरै शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको हुनसक्ने आयोगको अनुमान छ ।
राहत र अस्थायी शिक्षकका धेरै प्रमाणपत्र नक्कली छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।