भोलिसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह



काठमाडौँ । नेकपा एमालेले बुधवार सम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

मङ्गलवार बसेको सचिवालय बैठकले एमाले र काङ्ग्रेसबिचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधवार सम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको हो ।

एमालेले काङ्ग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरू दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्