माधव नेपाल समाजवादीको अध्यक्षमा सर्वसम्मत चयन



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

पार्टी स्थापनाको ३४ महिनामा उनले महाधिवेशन सम्पन्न गरेका हुन् । सुरुमा नेपाललाई नेता घनश्याम भुसालले चुनौती दिएका थिए । बुधवार बन्द सत्रमा पेस भएको चार वटै दस्ताबेज अनुमोदन भएको थियो । सोही दिन बेलुका अध्यक्षलगायत अन्य पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए । नेतृत्व छनोटका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । तर अध्यक्षमा भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेका थिए । अन्ततः भुसालले महासचिवमा चित्ता बुझाएपछि अध्यक्षमा नेपाल सर्वसम्म चयन भएका हुन् । २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्