पाँचथरमा भएको ग्याङ्फाइटमा एकको हत्या



काठमाडौँ । पाँचथरमा भएको ग्याङ्फाइटमा एक युवकको हत्या भएको छ । जिल्लाको फिदिमका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट हत्या भएको हो । युवाहरूको समूहले गए राति राईलाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज बिहान पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय धनकुमार राईको घरमा गए राति धामी झाँक्रीको नाच हेर्न गएको बेला दिनेशसहित उनका साथीहरू पर्शुराम राई, ध्रुव राई र पुष्कर विकमाथि कुटपिट भएको थियो ।

उनीहरूलाई स्थानीय २० जनाको समूहले कुटपिट गरेको जनाइएको छ । कुटपिटबाट ध्रुव, पर्शुराम र पुष्कर पनि घाइते भएका छन् । घाइतेमध्ये धुव राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । झगडाको कारण खुलेको छैन । कुटपिट गर्नेहरू फरार छन् ।

प्रतिक्रिया दिनुहोस्