मुटु रोग कसलाई र किन लाग्छ ? के हुन यसका लक्षणहरु…



काठमाडौँ । पहिले पहिले मुटु रोग अलि उमेर पुगेका व्यक्तिहरुलाई लाग्ने गर्दछ भनिन्थ्यो । तर आजभोलि मुटु रोग युवाअवस्थाकै उमेरलाई समेत गम्भिर रुपमा लाग्ने गरेको पाईन्छ । आजभोलि मृत्युको मूख्य कारणमध्ये हृदयघात पनि हो । हृदयघात जसलाई पनि, जतिबेला पनि हुनसक्छ । र, यसको सबैभन्दा बढीमा जोखिममा मुटु रोगले ग्रस्तहरु हुन सक्छन् ।

मुटुरोग बिभिन्न कारणले लाग्न सक्छ । त्यसमा तनाव र अस्वस्थ्यकर जीवनशैली पनि एक हो । आज भोलिका युवाहरु करियरको तनाव लिने, पैसाको तनाव लिने, प्रतिष्ठाको तनाव अदिको कारण मुटु रोगीको संख्या बढ्दो छ । यस्ता तनावहरु कम गर्न धुमपान, मद्यपान, निद्रा लाग्ने औषधी सेवन गर्ने गरिएको छ । यसले त झनै मुटुलाई असर गर्दछ । यसबाट फुर्तिलो देखिएको व्यक्तिको पनि अचानक मृत्यु हुन्छ ।

त्यसकारण मुटु रोग लाग्ने कुरामा पहिले नै सचेत हुनु पर्दछ । यसका लागि लक्षणहरुको आधारमा मुटुरोग रहेको कुरा थाहा पाएर उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने हुन्छ ।

ती लक्षणहरु यसप्रकार छन् :-
– छाती दुख्नुका साथै छातीमा दवाव महसुस हुने, बिस्तारै वरिपरि फैलिंदै जान्छ ।
–मुटु कमजोर भएर राम्रोसँग पम्प गर्न सकेन भने खुट्टा तथा पैताला सुन्निने गर्छ ।
–मुटुको धड्कन बेलाबखत रोकिएको वा छिटोछिटो चलेको अनुभव हुन
–सास लिनमा कठिनाई महसुस हुनु ।
– घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेका देखिन्छन् ।
–खुट्टा तथा पैताला सुन्निनु ।
–शरीरबाट अनायासै पसिना बग्नु पनि मुटु रोगको प्रमुख लक्षण हो ।
–औंलाका टुप्पा, ओठ र जिब्रो नीलो देखिन्छ ।
–थुक सेतो वा गुलावी हुन्छ ।
टाउको दुख्ने, चक्कर लाग्ने हुन
–थकान महसुस हुनु तथा पटक पटक चक्कर आउनु ।
–सास लिनमा कठिनाई महसुस हुनु वा कम सास फेर्नु पनि हृदयाघातको प्रमुख लक्षण हो ।

यी लक्षणहरुको आधारमा गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ । लक्षणहरु देखिए पछि उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्