सन्दीपलाई ‘ए ग्रेड’मा राख्ने क्यानको निर्णय



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन्

प्रतिक्रिया दिनुहोस्