सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध 



काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको छ ।

यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिवार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसँगै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छन् ।

सडक खुलाउने प्रयास जारी रहे पनि पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्