पाण्डेलाई विश्व च्याम्पियन बनेपछि ईशान किशनले दिए विशेष शैलीमा बधाई



काठमाडौँ । हार्दिक पाण्ड्याले भारतीय क्रिकेट टोलीलाई टी-२० विश्वकप २०२४ को ट्रफी जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। पाण्ड्याले ब्याट र बलमा राम्रो प्रदर्शन गरे । पछिल्ला ६ महिना उनको लागि निकै कठिन रह्यो । यसका बाबजुद पनि उनले यसलाई पछाडि छोडेर टी–२० विश्वकपमा हलचल मच्चाएका छन् । यतिबेला च्याम्पियन खेलाडीलाई बधाई दिनेहरूको भीड लागेको छ । टीम इन्डियाबाट बाहिर रहेका विकेटकिपर इशान किशनले आफ्ना खास साथी हार्दिक पाण्ड्यालाई विशेष तरिकाले बधाई दिएका छन् । इशानले पाण्ड्यालाई आफ्नो जेठो दाजु मानेर बधाई दिन उनको घर पुगेका छन् । इशानले पाण्ड्यालाई बधाई दिने शैलीको भिडियो पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् । यो भिडियो हेरेपछि तपाई पनि हाँस्न बाध्य हुनुहुनेछ ।

इशान किशनले शुक्रबार आफ्नो इन्स्टाग्राम पेजमा एक भिडियो सेयर गरेका छन् । यस भिडियोमा इशान आफ्ना साथी हार्दिक पाण्ड्याको घर पुगेका छन् । इशानले ढोका खोल्ने बित्तिकै हार्दिक पाण्ड्या अगाडि सोफामा बसिरहेका छन् । इशानले पाण्ड्यालाई देख्नेबित्तिकै उनलाई अँगालो हाल्छन् । यसपछि इशानले अलराउन्डर पाण्ड्याको गालामा चुम्बन गरेको देखिन्छ । पाण्ड्याले इशानलाई अर्को गालामा चुम्बन गर्न पनि आग्रह गरे र विकेटकिपरले इन्कार गरेनन्। इशानले ‘मेरी जान, लभ’ भन्दै हार्दिकलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्