तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । शुक्रवारको तुलनामा आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्