गायिका कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने



कमला घिमिरे

काठमाडौँ । बाल गायिका कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने भएकी छन् । निर्माण पक्षले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ ।

यसअघि नायिका करिश्मा मानन्धर र प्रियंका कार्की यो फिल्ममा अनुबन्ध भइसकेका छन् । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यो फिल्मको निर्देशन बाबू साहेब बलामीको रहेनेछ ।

यो फिल्ममा महिलाले भोग्ने पीडा देखाइनेछ । साथै दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ, उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ र यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ।

असार अन्तिमबाट छायांकनमा निस्कने योजनामा निर्माण पक्ष रहेको छ । असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्