महिलाको बाँझोपन हटाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



काठमाडौँ । आफूलाई दुर्गा माता बताउँदै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा ‘माता हुँ’,  ‘बाँझोपना हटाइदिन्छु’ भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट पक्राउ गरिएको हो ।

गाउँका सोझा महिलाहरूलाई बाँझोपना हटाइदिन्छु भनेर झुक्याई ठगी गरेको उजुरीको आधारमा हजरून खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरिएको हो ।
३६ वर्षीय खातुनले तीन लाख ४४ हजार नगद र गरगहना ठगी गरेको आरोप छ । पक्राउ परेकी खातुनलाई कालिकोट पुर्‍याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्