एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा गत सोमबार भएको काँग्रेस–एमालेबिचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने जनाइएको  छ  । त्यस्तै, बैठकमा नेताहरूको कार्य विभाजनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

गत सोमबार एमाले र काँग्रेसबिच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्