नेपाली बजारमा सुनको मूल्य घट्यो



काठमाडौँ । नेपाली बजारमा मङ्गलवार सुनको मूल्यमा घटेको छ ।। सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मङ्गलवार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै मङ्गलवार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबिच मङ्गलवार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्