एशिया कप अभ्यास खेल : नेपाल बलिङ गर्दै



nepal vs sirlanka

काठमाडौँ ।  एसिसि महिला एशिया कप तयारीका लागि श्रीलङ्का पुगेको नेपाली महिला टोलीले पहिलो अभ्यास खेलमा बलिङ गर्ने भएको छ । नेपालले श्रीलङ्का क्रिकेट बोर्ड विकास टोली विरुद्ध बलिङ गर्ने लागेको हो ।

जुलाई १९ देखि श्रीलङ्कामा नै हुने एशिया कप अघि नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध ३ खेल खेल्नेछ । दोस्रो खेल बुधवार हुनेछ भने तेस्रो खेल जुलाई १६ मा हुनेछ ।

एशिया कपमा नेपालले उद्घाटन खेलमा युएई विरुद्ध खेल्नेछ । नेपालको यो तेस्रो एशिया कप सहभागिता हुनेछ । युएई बाहेक नेपालको समूहका भारत र पाकिस्तान छन्  ।

प्रतिक्रिया दिनुहोस्