रूसी सेनामा कार्यरत भारतीयलाई फर्काउन पुटिन सहमत



काठमाडौँ । रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएकत छन् ।

भारतीय समाचार संस्थाका अनुसार रूस भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग यो मुद्दा उठाएको र यसपछि रूसी सेनामा रहेका भारतीय सेना फिर्ता गर्ने सहमति भएको छ । साथै, उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने सहमती भएको बताइएको छ ।

गत महिना युद्धमा दुई भारतीयको मृत्यु भएको थियो । यसपछि भारतले रूससँग त्यहाँ सेनामा भर्ती भएका भारतीयहरूलाई फिर्ता पठाउन माग गरेको थियो । प्रधानमन्त्री मोदी सोमबार साँझ मस्को पुगेका थिए । यो युक्रेनविरूद्ध युद्ध सुरू गरेपछि मोदीको पहिलो रूस भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्