बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी



काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा खाना खाने विषयमा बाल कैदीबन्दीबीच झडप भएको छ । झडपपछि फरार भएका ६३ जनामध्ये ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १९ जना भने अझै सम्पर्कबाहिर रहेको छन् ।

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट प्रहरी परिचालन  गरिएकाे  छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फरार भएका बाल कैदीबन्दीको खोजतलास जारी राखिएको छ ।
एक वर्षअघि दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । सुधारगृहमा झडप मच्चाउने एक सय ५० जनालाई नौबस्तास्थित क्षेत्रीय कारागारमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्