प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : चित्रबहादुर केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् । एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताए ।

अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरूले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्