ताप्लेजुङमा भूकम्पको धक्का



काठमाडौँ । ताप्लेजुङमा भूकम्प गएको छ । बुधवार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४।४ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्