पूर्वमा सक्रिय बन्यो मनसुन



काठमाडौँ । मनसुनी प्रणाली नेपालको पूर्वी क्षेत्रमा सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमभन्दा पूर्वमा सरदर स्थानमा रहेकाले सक्रिय बनेको हो ।  बिहीबारसम्म पूर्वमा मनसुन सक्रिय रहने देखिन्छ । विशेष गरी कोशी र मधेशका केही ठाउँमा धेरै भारी वर्षा पनि हुन  सम्भावना  रहेको छ । बागमती, गण्डकी र लुम्बिनीमा पनि मनसुन सक्रिय रहेको छ ।

पश्चिममा भने दक्षिणतिर सरिरहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा भने आगामी तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको रहेको छैन ।

यसअघि आइतबारसम्म पश्चिम नेपाल केन्द्रित वर्षा भएको थियो । सोमबार र मङ्गलवार पूर्वी क्षेत्र केन्द्रित वर्षा भएको छ । सोमबार साँझदेखि मङ्गलवार साँझसम्म सुनसरीको चतरामा १७१.८, सङ्खुवासभाको खाँदबारीमा १५५.४, धनकुटामा १४२.४ र उदयपुरमा १४४ मिलिमिटर वर्षा मापन भएको छ, ती क्षेत्रमा भारी वर्षा भएको हो ।

बुधवार स् कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी तथा कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानसँगै बागमतीका एक–दुई स्थानमा भारी वर्षाको आकलन । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी क्षेत्रमा भने ठूलो वर्षाको सम्भावना नरहेको ।

बिहीबार स् कोशी, मधेश, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको आकलन ।

प्रतिक्रिया दिनुहोस्