तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा



विराटनगर । तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डाड देखाएका छन् । तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधवार बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन् ।

प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको थियो । नेताहरूको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो । तर, बुधवार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुनस् कालो झण्डा देखाएका हुन् ।

मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो । १०-१२ जनाको समूहले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन खोजेको थियो । तर, प्रहरीले उनीहरूलाई रोकेको थियो ।

१७ फागुन २०७९ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको थियो । प्रदेशसभामा मतदान गर्दा ९३ सांसद मध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छ ।

प्रतिक्रिया दिनुहोस्