प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप



काठमाडौँ । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

बुधवार च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि काँग्रेस भएको सहमतिबारे ब्रिफिङ गरेका हुन् । अस्थिरता निम्त्याउने र बार्गेनिङ गर्नेलाई रोक्नको लागि काँग्रेस नयाँ सरकार गठनका लागि नेकपा एमालेले सहमति गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्