गायिका एन्जिलाको ‘चस्मा लगाउली’को सफलतापछि पलसँगको ‘नपार नक्कल’ गीत बजारमा 



काठमाडौँ । लोकप्रिय गायिका एन्जिला रेग्मी र गायक टेक वि.शी को आवाजमा नपार नक्कल गीत सार्वजनिक भएको छ ।  चस्मा लगाउली गीतको अपार सफलतापछि एन्जिलाको नपार नक्कल गीत बजारमा आएको हो । गीतको भिडियो टेक वि. शीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘चस्मा लगाउली’ गीतले  दर्शकहरूको अपार माया पाएको छ । चस्मा लगाउली सार्वजनिक भएको एक वर्षमा युटुबमा  दुई करोड १० लाख पटक हेरिएको छ ।  उनले नयाँ गीत बजारमा आएको ४ दिन मात्रै भएको छ । गीत ४ दिन मानै ३ लाख ५० हजार भन्दा धेरै पटक हेरिएको छ ।

उक्त गीतको शब्द भिम वि .शीले रचना गरेका छन् ।  भिडियोमा श्रेया बडु र पल शााहको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशक भने काजिश श्रेठले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्