महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परे



फाइल तस्वीर

भीमदत्तनगर : सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् ।

कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्न सुरक्षित स्थानतर्फ सरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ । नदीमा आएको बाढी गाउँ पस्दा बस्ती जलमग्न भए पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले जोगबुढा नदीले कटान थाल्दा महाकाली नगरपालिका–१० कुतियाकवर जाने झोलुङ्गे पुल खतरामा परेको बताए ।

“नदी कटानले गर्दा जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल खतरामा ।” प्रहरी निरीक्षक चन्दले भने, “पुल जोगाउन स्थानीय र सुरक्षा निकाय लागिपरेका छन् ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर पुल जोगाउन अस्थायी तटबन्ध निर्माणमा लागेका छन् । यसअघि पनि सुन्दरनगर, कुतियाकवर क्षेत्र बाढीका कारण डुबानमा परेका थिए । जोगबुढा नदीमा तटबन्धको उचित व्यवस्था नहुँदा लामो समयदेखि स्थगानीयवासी वर्षात्का बेला समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु

काठमाडौं : कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्नका लागि सबै प्रदेशमा संयोजक तोकिएको छ । स्वास्थ्य

काठमाडौं : नागरिक समाजले सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ

काठमाडौं : मकवानपुरमा अज्ञात समूहले बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाबाट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले विगतमा सरकारलाई गरिएका सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

सल्यान : सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला

काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध

काठमाडौं : प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको