दक्षिण कोरिया: कोरियाको ग्वाङ जु सी क्षेत्रमा सुतेकै अवस्थामा आज एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर कटारीका दीपक कार्की रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
कार्की ६ महिनाअघि मात्र इपिएसमार्फत दक्षिण कोरिया आएका थिए। के कारणले घटना हुन गयो भन्ने विषयमा आधिकारिक जानकारी नआएको र घटनाबारे कार्कीको परिवारलाई जानकारी गराउने तयारी गरिएको बाँस्तोलाले बताए।
२१ वर्षीय कार्की स्ट्रवेरी उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए।