मुस्लिम समुदायमा पैगम्बर मोहम्मदकाे सम्झना



वीरगन्ज : सप्तरीको राजविराजमा बुधबार पैगम्बर मोहम्मदको जयन्ती मनाइँदै छ ।  जन्म दिनकाे अवसरमा र्‍यालीकाे अायाेजना गरी एक स्मृति कार्यक्रमकाे अायाेजना समेत गरेका छन् । 

 

प्रदेश नं.२ सरकारले बुधबार सार्वजनिक विदाको दिएकाे छ ।  मुस्लिम धर्मावलम्बीहरुको पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारको २०७४ साल चैत्त २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश २ मा ५ गते बुधबार सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

 

प्रदेश २ मा रहेका जिल्लाहरुमा प्रदेश सरकारले मंसिर ५ गते विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा उल्लेख गरिएको छ। दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेबाट हस्ताक्षरित पत्रमा उल्लेख रहेको छ ।

 

साउदी अरबको मक्कामा करिब १ हजार ४ सय २४ वर्षअघि जन्मिएका मोहम्मदले त्यहींबाट इस्लामको प्रवर्द्धन सुरु गरेका थिए । हाजी नबिबक्स मियाँका अनुसार १ लाख २४ हजार पैगम्बरमध्ये मोहम्मद अन्तिम, शक्तिशाली र उत्कृष्ट मानिन्छन् ।

 

मियाँका अनुसार ५३ वर्ष भएपछि उनले अर्को सहर मदिना गएर इस्लाम प्रवर्द्धन गरेका थिए । त्यसको १० वर्षपछि उनको त्यहीं निधन भयोे । उनलाई मदिना सरिफस्थित 'मस्जिदे नबुई' मै समाधिस्थ गरिएको छ ।

 

 हिजरी पात्रोको 'जिल्हिज्जा' महिनामा विश्वभरका सक्षम मुसलमान मक्का र मदिनाको तीर्थमा जान्छन् । त्यो हज हो । मोहम्मद जयन्तीका अवसरमा मधेसी फोरम, राप्रपा नेपाललगायतका दलले १२ रब्बी अब्बलका अवसरमा विज्ञप्ति मार्फत शुभकामना दिएका छन् ।

 

पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा सप्तरीको राजविराजमा बुधबार निकालिएको पदयात्रामा सहभागि मुसलिम समुदायहरु, तस्बीर : ए.के यादव,सप्तरी

प्रतिक्रिया दिनुहोस्