जनकपुरधाम: संघीय मन्त्रिपरिषद् बैठकले सचिव दीपक सुवेदीलाई प्रदेश सरकारको कायममुकायम प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।
यसअघिका कायममुकायम प्रमुख सचिव राजेश्वरमान सिँहको उमेरहदका कारण अवकाश भएपछि दुई सातादेखि प्रदेश २ सरकारको प्रमुख सचिव पद रिक्त थियो ।