म्याग्दीमा नयाँ अभियान: ‘एक वडा, एक हेलीप्याड’



म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलीप्याड निर्माण अभियान शुरु गरेको हो ।

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । पाखापानीमा गाउँपालिका र वडाको समन्वयमा हेलीप्याड निर्माण गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थानीय तहसँग समन्वय गरेर जिल्लामा रहेका ४५ वटै वडामा हेलीप्याड निर्माणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँको प्राकृतिक सौन्दर्यमा रमाउन र हिमाल आरोहण गर्न आउने पर्यटकलाई पनि सुविधा पुग्ने स्थानीयले बताएका छन् । नदी कटान, भूक्षय र बाढी पहिरोको जोखिम पनि रहेको यस जिल्लामा तत्काल उद्धार र राहतका लागि हेलीप्याड सशक्त माध्यम बन्ने सरोकारवालाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्