भीरबाट लडेर एक महिलाकाे मृत्यु



डोटी: डोटी जिल्लाको आर्दश गाउँपालिका वडा नं ७ दडिमाना नजिकैको पाछाखाली वनको भीरबाट लडेर ४९ वर्षीय कालीदेबी विष्टको मृत्यु भएको छ।

 

गाजो काटने क्रममा मंगलबार साँझ ३ बजे भीरबाट खसेर करिब एक सय मिटर तल खसेर घाइते भएकी विष्टलाई उपचारका लागि दिपायल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीय वीर बहादुर विष्टले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्