भारत: भारतीय शहर जयपुरनजिकै कटाकमा भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । ताल्चेरबाट कटाकतर्फ गइरहेको बस महानदी पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धार कार्य जारी राखेको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले दुर्घटनास्थलको भ्रमण गरेका छन् ।
उनले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएको समाचारमा जनाइएको छ । उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेका छन् । बसमा तीस जना यात्रु सवार थिए ।