‘बहुमतका आधारमा देउवाले पेले’- सिटौला



सुर्खेत: नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको आरोप लगाएका छन् । वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाउन नसक्नु दुःखद् रहेको बताए ।

विस्तृत शान्ति सम्झौताको १२ वर्ष बितिसक्दासमेत द्वन्द्वपीडितलाई न्याय दिलाउन नसक्दा समाजमा बदलाको भावना बढ्न गई भविष्यमा अर्को कुनै प्रकारको द्वन्द्व निम्तिन सक्ने खतरा रहेको उनले बताए ।

सहमतिमै गठन भएका सत्य निरुपण तथा मेलमिलाप र बेपता पारिएका व्यक्तिको छानबिन आयोगलाई शान्ति सम्झौताको मर्मविपरीत सरकारले निष्क्रिय पारेको उनको  आरोप थियो । पत्रकारको जिज्ञासामा सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा पेलेर अघि बढ्न खोजेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्