
कैलाली : कैलालीको बर्दगोरिया १ बौनिया चोकमा बसको ठक्करवाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । ना ६ ख ६३५५ नम्वरको पाथिभरा यातायातको बसले ठक्कर दिँदा पैदलयात्रु आशाराम चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहिले बस र चालकलाई नियन्त्रणमा लिइएको बताए । मृतक चौधरी भजनी नगरपालिका ६ महादेवलीका बासिन्दा हुन् ।